भारतको क्‍वारेन्टाइनमा रहेका झण्डै ५०० जनालाई नेपाल भित्र्याइयो
सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।
भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको छ।
जमुनाहा ल्याएपछि उनीहरूको नाम र  ठेगानाको लगत राखेर आरडीटी परीक्षण गरी सम्बन्धित जिल्लामा पठाइएको छ।
स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाले सीमानाका जमुनाहमा पालबाट अस्थायी जाँच कक्ष तयार गरेको छ।
आजै यहाँका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई पनि भारततर्फ पठाइएको छ ।
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र कोहलपुरको श्रीराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका उनीहरूलाई भारत पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। रासस
प्रतिक्रिया दिनुहोस्