काठमाडौं। १४ दिन क्वारेन्टाइनमा बसेकालाई ५ जेठपछि घर पठाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ५ जेठपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई घर पठाइने बताएका हुन्।
१४ दिन क्वारेन्टाइनमा बसेकाहरूको हकमा आरडीटी र अन्यको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताएका हुन्।
अहिले देशभरीका क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन्।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा सांसदहरूको जिज्ञासामा मन्त्री ढकालले सबैको परीक्षण गरी घर पठाइने बताएका हुन्।
मन्त्रालयका अनुसार अहिले देशभरी ५३ हजार ८ सय ३५ जनालाई राख्न सक्ने क्षमताको क्वारेन्टाइन स्थापना भएका छन्।
अहिले देशभरी २७२ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा १०१, बागमती प्रदेशमा ३६, गण्डकीमा एक र प्रदेश नम्बर ५ मा ११२ जना आइसोलेसनमा रहेका छन्।
संक्रमित र सम्भावित संक्रमित व्यक्तिहरू आइसोलेसनमा उपचाररत रहेका छन्।
" /> काठमाडौं। १४ दिन क्वारेन्टाइनमा बसेकालाई ५ जेठपछि घर पठाइने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ५ जेठपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई घर पठाइने बताएका हुन्।

">