काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेसँगै त्यहाँ निर्माण गरिने भवन नक्शांकनको काम पनि थालिएको छ।
बीओपी स्थापना गर्न पुगेको टोलीसँगै गएका सशस्त्र प्रहरीका इन्जिनियरहरूले आजदेखि भवन निर्माणका लागि आवश्यक जग्गाको नाप, नक्शाको कामसमेत शुरू गरेका हुन्।
गृह मन्त्रालयका अनुसार प्रहरी निरीक्षक लिलीबहादुर चन्दको कमाण्डमा २५ जनाको बीओपी त्यहाँ भाडाको घरमा राखिएको छ।
“तत्कालै भवन निर्माणका लागि टेण्डरको काम पनि शुरू हुँदैछ”, गृह स्रोतले भन्यो, “त्यहाँ सशस्त्र प्रहरीको १६० जना रहने गुल्म नै राख्ने योजना अनुरूप भवन निर्माण हुनेछ।”
सरकारले त्यहाँ भवन निर्माण गर्नका लागि ९ करोड रूपैयाँसमेत विनियोजन गरिसकेको छ। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीआइजी प्रविणकुमार श्रेष्ठले पनि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन भइसकेको बताए।
स्थानीयले उक्त क्षेत्रमा सशस्त्र प्रहरीको भवन निर्माणका लागि १५ रोपनी जग्गा उपलब्धसमेत गराइसकेका छन्। केहीदिनमा नै भवन निर्माणका लागि बोलपत्र आह्वान गरिने भएको छ।

छांगरुमा रहेको बीओपीलाई गुल्म बनाएपछि आसपास क्षेत्रमा केही बीओपी थपिने छन्।
गत मंसिरमा नै बीओपी राख्ने तयारी गरिए पनि मौसम लगायतका प्राविधिक कारणले सम्भव हुन सकेको थिएन। सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा, गृहमन्त्रीका सुरक्षा सल्लाहाकार प्रा.डा. ईन्द्रजित राईसहितका सुरक्षा अधिकारीहरूको टोलीले ३१ वैशाखमा छांगरुमा बीओपी स्थापना गरेको हो।
कालापानी क्षेत्रबाट १२ किलोमिटर वर नै अहिले बीओपी राखिएको हो। भारत सरकारले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक क्षेत्र हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ।
सरकारले भारतसँग उच्चस्तरीय तहमा वार्ता गरेर अतिक्रमण भूमि फिर्ता लिनुपर्ने चौतर्फी दवाव बढिरहेको छ।
" /> काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेसँगै त्यहाँ निर्माण गरिने भवन नक्शांकनको काम पनि थालिएको छ।बीओपी स्थापना गर्न पुगेको टोलीसँगै गएका सशस्त्र प्रहरीका इन्जिनियरहरूले आजदेखि भवन निर्माणका लागि आवश्यक जग्गाको नाप, नक्शाको कामसमेत शुरू गरेका हुन्।

">