कालापानी नजिकको नेपाल-भारत सीमामा सशस्त्र प्रहरीको गस्ती शुरू

काठमाडौं। दार्चुलाको छांगरु (गागा)मा स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपीको टोलीले गस्ती शुरू गरेको छ।

व्यास गाउँपालिका–१ छांगरुमा ३१ वैशाखमा सशस्त्रको बीओपी स्थापना गरिएको थियो।

बीओपी स्थापना भएसँगै सशस्त्रले आज बिहानदेखि नेपाल–भारत सीमामा गस्ती शुरू गरेको हो।

सशस्त्रसँगको गस्तीमा आज गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजित राई पनि सहभागी थिए।

नेपाल–भारत सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा राईले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का प्रतिनिधिले कुरा गरेका थिए।

कुराकानीको क्रममा उनको साथमा छांगरुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख, सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि थिए।

भारतले नेपाली भूमि लिपुलेकमा बाटो बनाएपछि छा‌गरुमा बीओपी स्थापना गरिएको हो।