काठमाडौं। गृह मन्त्रालयले भोलिदेखि उपत्यकाका तीन जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको छ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षमा मन्त्रालयमा आज बसेको सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिसहितको बैठकले उपत्यकाका तीन जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको हो।
बाहिरी जिल्लाबाट उपत्यका भित्रिएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि गृहले थप कडाइ गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले भने, “गृहको निर्णयसँगै भोलिदेखि जाँच कडा बन्छ।”
उपत्यकाका तीन जिल्लाभित्र वितरण गरेका पासहरू पनि बैठकले खारेज गर्ने निर्णय गरेको एसएसपी ढकालले जानकारी दिए।
पास खारेजकी निर्णय ३ जेठदेखि लागू हुनेछ।
गृहमन्त्रालयले उपत्यका बाहिरका जिल्लामा स्थानीय प्रशासनले जारी गरेका सबै पास आजदेखि खारेज गरिसकेको छ।
आज बसेको बैठकले उपत्यकाका तीन जिल्ला भित्र आवातजावत गर्न वितरण भएका पास पनि खारेज गर्ने निर्णय गरेको हो।
त्यस्तै आजको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा अत्यावश्यक कामका लागि आउने व्यक्तिहरूको पनि अनिवार्य आरडीटी किट परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने निर्णय भएको छ।
बाहिरी जिल्लाबाट उपत्यका भित्रिएका चारजनामा संक्रमण देखिएको छ। उपचारका लागि आएकी एक ६ वर्षीया बालिकालाई पनि संक्रमण देखिएको छ।
काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता गृहमन्त्रालयमा बैठक बसेर लकडाउन कडा बनाउने निष्कर्ष निकालिएको हो।
उपत्यका भन्दा बाहिरका जिल्लाले पास जारी गर्नुपर्ने भए अनिवार्य गृहमन्त्रालयको समन्वयको आधारमा गर्नुपर्ने छ।
त्यस्तै उपत्यकाका तीन जिल्लाको हकमा सरकारी कर्मचारी, बैंक वित्तीय संस्था लगायतका व्यक्तिहरूको हकमा नियामक निकायले जारी गरेको पास मात्र मान्य हुनेछ।
" /> काठमाडौं। गृह मन्त्रालयले भोलिदेखि उपत्यकाका तीन जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको छ।गृहमन्त्री रामबहादुर थापाको अध्यक्षमा मन्त्रालयमा आज बसेको सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिसहितको बैठकले उपत्यकाका तीन जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको हो।

">