तीन रणनीतिका साथ १० दिनमा १० हजारबढीको कोभिड-१९ परीक्षण गर्दै प्रदेश १ सरकार
विराटनगर। प्रदेश १ मा शंकास्पद १० हजारबढीको कोभिड-१९ परीक्षण गरिने भएको छ।
प्रदेशका १४ जिल्लामा 'हट स्पट', 'कन्ट्याक्ट ट्रेसिङ' र 'पुलिङ' तीन विधिबाट थ्रोट स्वाब नमूना परीक्षण गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
अहिलेसम्म संक्रमित फेला परेको क्षेत्र, बिरामीको संक्रमणमा आएका व्यक्तिहरूको परीक्षणलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै पुलिङ विधिमार्फत शंकास्पद पाँचजनाको स्वाब एकै ठाउँमा राखेर परीक्षण गरिनेछ।
यस विधिमा नतिजा पोजिटिभ देखिए मात्र पाँचजनाको छुट्टाछुट्टै परीक्षण गरिन्छ। केही दिनयता मन्त्रालयले किट वचतको लागि यो विधि अपनाउँदै आएको छ।
भारतमा रेल सेवा शुरू भएसँगै सीमाबाट भित्रिन सक्ने र जोखिमको आँकलन गर्दै परीक्षण गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धरानस्थिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगरका प्रतिनिधिहरूँग मन्त्रालयमा छलफलको क्रममा  परीक्षणको लागि तीनदिन भित्र मापदण्ड तयार गर्न जिम्मेवारी तोकिएको छ।
समिति सदस्यहरूमा डा.सुरेश मेहता, जयवेन्द्र यादव, डा.कमाना शर्मा, डा. सन्तोष काफ्ले, केशव राई र सदस्य सचिवमा डा. नारायण भट्टराई छन्।
प्रतिक्रिया दिनुहोस्