कपिलवस्तु। कपिलवस्तुका महिलाहरूले प्रहरीलाई भित्रै थुनेर वाणगङ्गा नगरपालिका–४ गजेहडा प्रहरी चौकीमा ताला लगाइदिएका छन्।

यौन दुराचारको मुद्दामा पीडकसँग पैसा खाएर मुद्दा कमजोर बनाएको भन्दै महिलाहरूले प्रहरी चौकीमा ताला लगाएका हुन्।

प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले प्रहरी चौकी घेराउ गर्न पुगेका थिए।

वाणगङ्गा, गजेहडाका बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एकजना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन्।

स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो।

पीडित बालिकाहरूले आफूहरूलाई यौन दुर्व्यवहा गरेको प्रहरीसमक्ष बयान दिएका थिए। प्रहरीले पीडकसँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाहरूको आरोप छ। जिल्ला अदालत कपिलवस्तुले ३१ वैशाखमा अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ।

सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरूले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन्। एक आरोपी छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन।

इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकीलमार्फत पेश गर्दा जबर्जस्ती करणी गरेको भनेर पेश गरेको थियो। महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसँग मिलेमतो गरेर कमजोर मुद्दा चलाएको आरोप लगाइन्।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिए।  रासस

" /> कपिलवस्तु। कपिलवस्तुका महिलाहरूले प्रहरीलाई भित्रै थुनेर वाणगङ्गा नगरपालिका–४ गजेहडा प्रहरी चौकीमा ताला लगाइदिएका छन्।

"> यौन दुर्व्यवहारमा संलग्नसँग मिलेको भन्दै कपिलवस्तुका महिलाले लगाए प्रहरी चौकीमा ताला: Dekhapadhi
यौन दुर्व्यवहारमा संलग्नसँग मिलेको भन्दै कपिलवस्तुका महिलाले लगाए प्रहरी चौकीमा ताला
कपिलवस्तु। कपिलवस्तुका महिलाहरूले प्रहरीलाई भित्रै थुनेर वाणगङ्गा नगरपालिका–४ गजेहडा प्रहरी चौकीमा ताला लगाइदिएका छन्।

यौन दुराचारको मुद्दामा पीडकसँग पैसा खाएर मुद्दा कमजोर बनाएको भन्दै महिलाहरूले प्रहरी चौकीमा ताला लगाएका हुन्।

प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले प्रहरी चौकी घेराउ गर्न पुगेका थिए।

वाणगङ्गा, गजेहडाका बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एकजना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन्।

स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो।

पीडित बालिकाहरूले आफूहरूलाई यौन दुर्व्यवहा गरेको प्रहरीसमक्ष बयान दिएका थिए। प्रहरीले पीडकसँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाहरूको आरोप छ। जिल्ला अदालत कपिलवस्तुले ३१ वैशाखमा अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ।

सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरूले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन्। एक आरोपी छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन।

इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकीलमार्फत पेश गर्दा जबर्जस्ती करणी गरेको भनेर पेश गरेको थियो। महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसँग मिलेमतो गरेर कमजोर मुद्दा चलाएको आरोप लगाइन्।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिए।  रासस

प्रतिक्रिया दिनुहोस्