पीसीआर परीक्षण बढाउन सर्वोच्च अदालतको आदेश
<p>काठमाडौं। सर्वोच्च अदालतले कोभिड-१९ भए नभएको एकीन गर्नका लागि पीसीआर विधिबाट परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ। नागरिकको जीवन रक्षासँग जोडिएको विषय भन्दै अदालतले सरकारलाई तत्काल परीक्षण बढाउन भनेको हो।</p>
<p>अधिवक्ता कमलबहादुर खत्रीले २९ वैशाखमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलगायत सरकारी निकायलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए। त्यसको अर्को दिन तोकिएको पेशी निवेदकबाटै स्थगित भएपछि सर्वोच्चले आज अर्को पेशी तोकेको थियो।</p>
<p>न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले पीसीआर परीक्षण गर्ने किटको अभाव हुन नदिनसमेत आदेश दिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
