कश्मीरमा नेपाली गोर्खा सैनिकको मृत्यु, परराष्ट्रमन्त्री भन्छन्–सरकार चिन्तित छ
काठमाडौं । जम्मु कश्मीरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत दुई जनाको निधन भएको छ ।

मृत्यु भएका गमिलकुमार श्रेष्ठ नेपाली हुन् भने अर्का मृतक पदमबहादुर श्रेष्ठ नेपालीमूलका भारतीय नागरिक हुन् । उनीहरु दुवैजना ‘गोर्खा राइफल’ मा कार्यरत थिए ।

भारतीय सेनाले ट्वीटमार्फत् घटनाको पुष्टि गरेको छ । दुवै जनाको तस्वीर पोष्ट गर्दै लेखेको छ– ‘हाम्रा बहादुर सैनिकको उच्च बलिदानप्रति सिँगो सेना सलाम गर्दछ र सम्बन्धित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

घटनाको नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेनामा कार्यरत नेपालीहरूको सुरक्षाबारे सरकार चिन्तित रहेको बताएका छन्।

भारत–पाकिस्तान सेनाबीच कश्मीरमा भएको भिडन्तमा परी भारतीय सेनामा कार्यरत नेपालीको निधन भएपछि मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन्। उनले भारतीय सेनामा कार्यरत नेपालीको निधनबारे सरकारले उचित समयमा भारतीय सरकारसँग कुरा गर्ने पनि बताए ।

नेपाल क्षेत्रीय र विश्वशान्तिको पक्षमा रहेको बताउँदै मन्त्री ज्ञवालीले दुई छिमेकी देशलाई पनि शान्तिका लागि पहल गर्न नेपालले आग्रह गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्