कैलालीमा खाद्यान्न भन्दै कपडा ओसार्ने ट्रक नियन्त्रणमा
<p>कैलाली। प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका १, सुखडमा खाद्यान्न भन्दै लत्ताकपडा ओसार्दै गरेको एक ट्रक नियन्त्रणमा लिएको छ।</p>
<p>वीरगञ्‍जदेखि फेन्सी तथा लत्ताकपडा बोकेर कैलाली आएको ना. ६ ख ४३५१ नम्बरको ट्रलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रण लिएको हो।</p>
<p>चालकले खाद्यान्‍न बोकेको भनेको सो ट्रकमा सुखडमा रहेको ट्राफिक चेक पोष्टमा चेकजाँचको क्रममा अरु नै सामान भेटिएपछि थप अनुसन्धान तथा कारवाहीको लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरिसरण भट्टले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
