यस्तो छ नवलपुरका कोरोना संक्रमित पुरुषको 'ट्राभल हिस्ट्री' <p>काठमाडौं। चितवनसँग जोडिएको पूर्वी नवलपरासी (नवलपुर) मा आज संक्रमित पुष्&zwj;टि भएका बिरामी भारतबाट राति आएको खुलेको छ।</p> <p>भरतपुर अस्पताल चितवनले जारी गरेको विज्ञप्ति अनुसार देवचुली नगरपालिका-१२ नवलपुरका ४९ वर्षका ती पुरुष भारतको कलकत्ताबाट रक्सौल हुँदै&nbsp; ३१ वैशाखमा नेपाल आएका हुन्।</p> <p>भरतपुर कोरोना अस्पतालमा आएका परीक्षणको क्रममा कोभिड-१९ पोजिटिभ पाइएका उनको हाल कोरोना विशेष अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको भरत अस्पतालका प्रमुख डा. श्रीराम तिवारीले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्