वीरगञ्जमा अस्पतालबाट भागेका दुईजना कोरोना संक्रमित पक्राउ, पुनः अस्पतालमै ल्याइयो

काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्‍जस्थित नारायणी अस्पतालबाट भागेका दुईजना कोरोना संक्रमितलाई नियन्त्रणमा लिएको छ।

पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले अस्पतालबाट भागेका उनीहरुलाई नियन्त्रणमा लिएको बताइन।

एकजनालाई भाग्दा भाग्दै र अर्का एकजनालाई आफन्तको सम्पर्कमा आएपछि पक्राउ गरेको उनले बताइन्।

पक्राउपछि उनीहरूलाई पुनः अस्पतालको आइसोलेसनमा राखिएको छ।

दुईजना बिरामी भागेपछी अस्पताल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरू अस्पतालबाट किन भागे भन्नेवारे अझै कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्