अनुमति पाए सिरी ‘ए’ १३ जुनबाट हुने

काठमाडौं। सरकारले अनुमति दिए इटालियन सिरी ‘ए’ १३ जुनबाट पुन सुरू गर्ने तयारी गरेको छ।

हिजो भिडियो कन्फरेन्समार्फत बसेको लिगको साधारणसभाले सरकार र स्वास्थ्य अधिकारीले स्वीकृति दिएको अवस्थामा लिग शुरु गर्ने गरी मिति तय गरेको हो।

इटालीको शीर्ष डिभिजनका क्लबहरूले मेको शुरूबाट नै अभ्यास शुरू गरिसकेका छन्। तर टीममा अभ्यास नगरी खेलाडीहरूले व्यक्तिगत रूपमा मात्र अभ्यास गरेका हुन्। टीमहरूले सोमबारबाट सामूहिक अभ्यास गर्नेछन्।

इटालियन सिरी ‘ए’ ९ मार्चबाट स्थगित भएको थियो। लिगमा १२ चरणका खेल बाँकी छन्। लगातार नवौं पटक लिग उपाधि जित्‍ने लक्ष्यमा रहको युभेन्टस शीर्ष स्थानमा छ भने एक अंकले पछि रहेको लाजियो दोस्रो स्थानमा छ।

इटाली युरोपमा कोभिड-१९ महामारीबाट बढी प्रभावित हुने देशमा पर्छ। गत साता मात्र फियोरेन्टिनाका तीन कर्मचारीमा कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्