कपिलवस्तुमा चारजना सुरक्षाकर्मीमा कोरोना संक्रमण

कपिलवस्तु। कपिलवस्तुमा हिजो थपिएका आठजना संक्रमितमा चारजना सुरक्षाकर्मी छन्।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका दुई, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एक/एक जनामा कोभिड-१९ देखिएको हो।

तीमध्ये एक प्रहरीका चालक छन्। उनले दैनिक चलाउने गरेको सवारी साधनमा सवार हुने अन्य प्रहरी कर्मचारीमासमेत संक्रमणको आशंका बढेको छ।

भेटिएका आठ संक्रमितमध्ये तीन जना महेन्द्र माविको क्वारेन्टाइनमा बसेका थिए।

तीमध्ये दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्‍वकर्माले बताए।

एकजना नगरपाालिकाका सफाइ कर्मचारी हुन्। उनी क्वारेन्टाइनमा बस्दै आएका थिए भने अर्का एक जना पालिकाकै कृषि शाखा प्रमुख रहेको नगर प्रमुख रजतप्रताप शाहले बताए।

उनी यस बीचमा राहत वितरण र भारतबाट आएकाको उद्धारमा सक्रिय रहेको र पालिकामा आउने जाने गरेका थिए।

यस्तै दुईमध्ये एकजना केही दिनअघि झापाबाट आएका र अर्का भारतबाट आएर क्वारेन्टाइनमा बसेको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्