३० वैशाख भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. दासले देखापढीलाई जानकारी दिए।
कपिलवस्तु वाणगंगा नगरपालिका-४ ठाकुरापुर गाउँ घर भएकी ती बालिकालाई श्वासनलीमा मासु पलाएपछि शल्यक्रियाका लागि काठमाडौं ल्याइएको थियो।
“अन्त अप्रेसन गराउन सम्भव हुँदैन। ३-४ दिनअघि यहाँ ल्याएर भर्ना गरिएको थियो,” अस्पताल प्रशासन स्रोतले भन्यो, “नाक, कान र घाँटीका बिरामी राख्ने भवनमा कोरानाका बिरामीको उपचारका लागि छुट्याइएकाले न्यूरो वार्डमा भर्ना गरिएको थियो।”
न्युरो सर्जरी वार्ड पूर्ण रूपमा सिल गरिएको छ। त्यहाँबाट मानिसलाई बाहिर भित्र जान दिइएको छैन। अहिले उक्त वार्डमा रहेका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र अन्यको सबैको परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
ट्राभल हिस्ट्रीका बारेमा नबुझी तथा अस्पतालमा भर्ना गर्नुअघि कुनै जाँच नगरी सोझै भर्ना गरिएकाले जोखिम देखिएको छ।
" /> त्रिवि शिक्षण अस्पतालका छाति रोग विशेषज्ञ डा. सन्तकुमार दासले बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे।

">