भारतीय शैली डब्लूएचओको मापदण्डविपरीतः मुख्यमन्त्री पोखरेल <p>काठमाडौं। प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली नागरिकलाई दुई देशको सिमानामा ल्याएर छाड्ने भारतीय शैली अन्तर्राष्&zwj;ट्रिय मापदण्ड विपरीत रहेको बताएका छन्।</p> <p>आज बिहान सामाजिक सञ्&zwj;जालमा पोखरेलले परीक्षणबिना नै नेपाली नागरिकलाई भारतीय पक्षले सीमामा ल्याएर छाड्ने गरेको उल्लेख गरेका हुन्।</p> <p>&ldquo;बिनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली विश्&zwj;व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डविपरीत छ,&rdquo; उनले लेखेका छन्, &ldquo;संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्