कोरोना भाइरस नामेट नहुन सक्छः डब्लूएचओ

जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोराना भाइरसलाई नामेट पार्न नसकिने शंका व्यक्त गरेको छ।

डब्लूएचओका आपतकालीन मामिलाका निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल प्रेस कन्फरेन्समा भने, “कोरोना हामीबीच क्षेत्रविशेषको एक अर्को भाइरस बन्‍न सक्छ, जुन कहिल्यै समाप्त नहुन सक्छ।”

बीबीसीका अनुसार त्यसरी नै एचआईभी भाइरसलाई समाप्त पार्न नसकिएको उदाहरण उनले दिए। उनको भनाइमा खोपदेखि मानिसको रोग प्रतिरोधात्मक क्षमताको उपयुक्त स्तर हासिल गर्न पनि वर्षौं लाग्छ सक्छ।

कोभिड-१९ विरुद्ध कम्तिमा एक सयवटा खोप तयार पार्ने प्रयास भइरहेको उनले जानकारी दिए। धेरै मुलुकले लकडाउन खुकुलो बनाउन थालेकाले कोरोना भाइरसको प्रसार अझ तीव्रतर रूपमा बढ्न सक्ने चेतावनी उब्लूएचओका महानिर्देशक डा. टेड्रोस अदानम गेब्रियससले दिए।

“सबै मुलुकलाई उच्चस्तरमा सतर्क रहनु आवश्यक छ,” उनले भने। कोरोना भाइरसको उपचार खोज्‍नु एक लामो प्रक्रिया भएाके रयानले बताए।

“हामीले यस महामारीबाट बाहिर निस्किन धेरै समय लाग्‍ने स्पष्‍ट मानसिकता तयार पार्नु आवश्यक छ,” डब्लूएचओकी महामारी रोग विशेषज्ञ मारिया केरखोवेले भनिन्।

प्रतिक्रिया दिनुहोस्