नेपालमा २४५ जनामा कोरोना संक्रमण <p>काठमाडौं ।&nbsp;स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमा कोरोना भाइरसका कुल संक्रमित संख्या दुई सय ४५* पुगेको छ ।</p> <p>राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षिया बालिकामा पछिल्लोपटक संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।</p> <p>&nbsp;</p> <p>* (स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा विज्ञप्तिमार्फत् थप पाँचजनामा कोरोना संक्रमण भएको र संक्रमितको कूल संख्या २५० पुगेको बताएपछि हामीले पनि सोहीअनुसार समाचार प्रकाशन गर्यौं। पछि स्वास्थ्य मन्त्रालयले नै तथ्य गलत पर्न गएको भन्दै सच्याएकाले हामीले यसअघि प्रकाशित आँकडा क्षमायाचनासहित सच्याएका छौं। -सम्पादक)</p>
प्रतिक्रिया दिनुहोस्