काठमाडौं र कपिलवस्तुमा फेरि थपिए कोरोना संक्रमित
<p>काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।</p>
<p>योसँगै बिरामीको संख्या दुई सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आज दुई जनामा कोरोना पुष्‍टि भएको जनाएको छ ।</p>
<p>काठमाडौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षिया बालिकामा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जनाएका छन् ।</p>
प्रतिक्रिया दिनुहोस्
