कोभिड-१९ : बेलायतमा बन्द भयो बजफिड <p>लन्डन। कोभिड-१९ को महामारीबाट सबै क्षेत्र प्रभावित छन्। ती सबैको प्रभाव समाचार कक्षमा नपर्ने कुरै भएन। डिजिटल मिडिया न्युजफिड त्यसको पछिल्लो उदाहरण बनेको छ।</p> <p>अनलाइन मिडिया जायन्ट मानिने बजफिडले बेलायत र अस्ट्रेलियास्थित आफ्ना कार्यालय बन्द गर्ने निर्णय गरेको छ।</p> <p>दुवै कार्यालयबाट हुँदै आएको न्युज अपरेसन पनि बन्द हुने भएको छ। यस अमेरिकी कम्पनीले सन् २०१३ मा लन्डनमा आफ्नो कार्यालय खोलेको थियो।</p> <p>कोभिड-१९ का कारण उत्पन्&zwj;न जटिल परिस्थितिले कार्यालय बन्द गर्नुको विकल्प नभएको कम्पनीले जनाएको छ। खासगरी, आर्थिक अभावका कारण कार्यालय बन्द गरिएको कम्पनीको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्