कैलाली। कोरोना भाइरस संक्रमणको आशंकामा धनगढीको प्रयोगशालामा परीक्षण गरिएका ९७ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ।
जसमा सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाको आशंकामा भर्ना भएका कञ्चनपुरका दम्पती र भजनीबाट बर्दिया गएकी बालिकामा संक्रमण देखिएपछि उनी बसेको कैलालीको भजनीका ८ जना समेत रहेका छन।
त्यस्तै, भातरबाट आएर डडेल्धुराको परशुराम नगरपालिकाको जोगबुढाकामा क्वारेन्टाइनमा रहेका ४६ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा समेत नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ।
बर्दियाकी कोरोना संक्रमित ११ वर्षीय बालिकाको सम्पर्कमा रहेका १५९ जनाको नमूना संकलन भइसकेको छ।
गोदावरी नगरपालिकाको मजगाउँमा १३४ र बाँकी २५ जनाको भजनीमा नमूना संकलन गरी परीक्षणका लागि पठाइएकोमा भजनीका ८ जना बाहेक अन्यको रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
" /> कैलाली। कोरोना भाइरस संक्रमणको आशंकामा धनगढीको प्रयोगशालामा परीक्षण गरिएका ९७ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ।जसमा सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाको आशंकामा भर्ना भएका कञ्चनपुरका दम्पती र भजनीबाट बर्दिया गएकी बालिकामा संक्रमण देखिएपछि उनी बसेको कैलालीको भजनीका ८ जना समेत रहेका छन।

">