सुत्केरी बोकेको एम्बुलेन्स बाँकेमा दुर्घटना, ६ जना घाइते
बाँके। बाँकेकाे कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ।

भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।

कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेको एम्बुलेन्स कोहलपुर नगरपालिका-१२ स्थित सडकदेखि झण्डै १०० मिटर तल रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ।

एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहित नवजात शिशु, उनका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार थिए।

दुर्घटनामा परी घाइते भएकाहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। उनीहरू खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्