नासीम शाह पाकिस्तानको सेन्ट्रल कन्ट्रयाक्टमा, आमिर र रियाज बाहिर
काठमाडौं। तीव्र गतिका युवा बलर नासीम शाह पाकिस्तानले २०२०/२१ सिजनका लागि गरेको नेशनल कन्ट्रयाक्ट सूचीमा पर्न सफल भएका छन्।

१ जुलाईबाट लागू हुने नेशनल कन्ट्रयाक्टमा पर्ने १८ जना खेलाडीको सूचीमा नासीमसँगै दायाँहाते ब्याट्सम्यान इफ्तिखर अहमद नयाँ अनुहार हुन्।

अर्का तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई ‘ए’ श्रेणीमा बढुवा गरिएको छ। त्यस्तै अबिद अली, मोहम्मद रिजवान र शान माशुदलाई श्रेणी ‘बी’मा बढुवा गरिएको छ।

‘‘योग्यताका आधारमा तय गरिएको यस सेन्ट्रल कन्ट्रयाक्टको सिद्धान्त र मापदण्ड सरल छ। अघिल्लो १२ महीनामा उनीहरूले गरेको प्रदर्शनलाई हेरिएको छ भने आगामी १२ महीनाका लागि टीमको आवश्यकतालाई हेरिएको छ’’, प्रमुख छनोटकर्ता तथा मुख्य प्रशिक्षक मिसबाह उल हकले भने।

पूर्व कप्तान सरफराज अहमद श्रेणी ‘बी’ मा छन्। पाकिस्तान क्रिकेट बोर्डले सार्वजनिक गरेको सूचीमा अजर अली, बाबर अजम र शाहीन शाह अफ्रिदी श्रेणी ‘ए’ मा छन्।

श्रेणी ‘बी’ मा अबिद अली, असद सफिक, ह्यारिस सोहिल, मोहम्मद अब्बास, मोहम्मद रिजवान, सरफराज अहमद, शाडब खान, शान मसूद र यासिर शाह छन्।

श्रेणी ‘सी’ फखर जमान, इफ्तिखर अहमद, इमद वासिम, इमाम उल हक, नासीम शाह र उस्मान सिनवारी छन्।

उदीयमान खेलाडीको श्रेणीमा हैदर अली, ह्यारिस राउफ र मोहम्मद हसनैन छन्।

हसन अली, मोहम्मद आमिर र वाहब रियाज भने सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्