काठमाडौं। चीनले नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरेको स्वास्थ्य सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेकी छन्।
३० वैशाखमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको मन्त्रीस्तरीय निर्णयअनुसार ती सामग्री प्राप्त गर्न नेपाली सेनाले आज जंगी अड्डामा एक कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा प्रधानसेनापति थापाले चीनको सहयोगप्रति धन्यवाद ज्ञापन गरे।
कोभिड-१९ को रोकथाम र उपचारका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरूको सुरक्षार्थ आवश्यक पर्ने ती सामग्री चिनियाँ सेनाको जहाजमार्फत् आज नेपाल ल्याइएको थियो ।
" /> काठमाडौं। चीनले नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरेको स्वास्थ्य सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेकी छन्।३० वैशाखमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको मन्त्रीस्तरीय निर्णयअनुसार ती सामग्री प्राप्त गर्न नेपाली सेनाले आज जंगी अड्डामा एक कार्यक्रम आयोजना गरेको थियो।

">