काठमाडौं। जापानका २८ वर्षे सुमो खेलाडीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। जापान सुमो संघले कोरोना भाइरसका कारण मृत्यु हुने पहिलो खेलाडी भएको घोषणा गरेको छ।

वास्तविक नाम कियोताका सुइतेक भएका शोबुशीको कोरोना भाइरसका कारण शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि निधन भएको बीबीसीले जनाएको छ।

१० अप्रिलमा उनलाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएकाे थियाे। संघले कोरोना भाइरस परीक्षण पोजेटिभ आउने उनी पहिलो सुमो रेस्लर भएको जनाएको छ। उनको स्वास्थ्य अवस्था चाँडो कमजोर बनेको र नवौं दिनमा आईसीयूमा राख्नु परेको थियो।

‘‘एक महीनाभन्दा लामो समय रोगसँग लड्दा उनलाई कति पीडा भयो होला भनेर म कल्पना मात्र गर्न सक्छु। तर, एक पहलमानले जसरी उनले साहसका साथ रोगसँग पनि अन्तिम समयसम्म लडे’’, जापान सुमो संघका अध्यक्ष हक्काकुले भने, ‘‘म उनको आत्माले शान्ति पाओस् भनेर कामना गर्दछु।’’

योमिउरी न्यूजका अनुसार जापान सुमो संघका एक हजार सदस्यमा कोरोना भाइरस परीक्षण गरिँदैछ। जापानको खेलकुद क्षेत्रमा यति ठूलो संख्यामा परीक्षण हुन लागेको यो पहिलो हो।

गत महीना जापान सुमो संघले स्टेबलमास्टर र पाँच सुमो खेलाडीमा कोरोना भाइरस परिक्षण पोजिटिभ देखिएको जनाएको थियो।

शोबुशीलाई ४ अप्रिलमा ३८ सेल्सियस ज्वरो आएको थियो। शुरूमा उनले सार्वजनिक स्वास्थ्य अफिसबाट परामर्श लिइरहेका थिए। ज्वरो ठीक नभएपछि उनलाई ८ अप्रिलमा टोकियोस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि पनि उनको ज्वरो स्थिर भएन र खकारमा रगत देखिन थालेको थियो। तथापि उनको परीक्षण नेगेटिभ आएको थियो।

उनको स्वास्थ्य अवस्था निरन्तर कमजोर भएपछि उनलाई अर्को अस्पतालमा सारिएको थियो। १० अप्रिलमा उनको परीक्षण गर्दा पुनः पोजेटिभ आयो। त्यसको नवाैं दिनपछि उनलाई आईसीयूमा राखियो। आज २८ वर्षे उनको अस्पतालमै निधन भयाे।

योमिउरी न्यूजले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै कोरोना भाइरसका कारण ३० वर्षभन्दा कम उमेरमा मृत्यु हुने शोबुशी पहिलो व्यक्ति भएको जनाएको छ। जापानमा कोरोना भाइरसका कारण मृत्यु हुने अधिकांश ५० वर्ष माथिका थिए। शोबुशीले २००७ बाट व्यावसायिक सुमो खेल्न थालेका थिए।

" /> काठमाडौं। जापानका २८ वर्षे सुमो खेलाडीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। जापान सुमो संघले कोरोना भाइरसका कारण मृत्यु हुने पहिलो खेलाडी भएको घोषणा गरेको छ।

वास्तविक नाम कियोताका सुइतेक भएका शोबुशीको कोरोना भाइरसका कारण शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि निधन भएको बीबीसीले जनाएको छ।

१० अप्रिलमा उनलाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएकाे थियाे। संघले कोरोना भाइरस परीक्षण पोजेटिभ आउने उनी पहिलो सुमो रेस्लर भएको जनाएको छ। उनको स्वास्थ्य अवस्था चाँडो कमजोर बनेको र नवौं दिनमा आईसीयूमा राख्नु परेको थियो।

‘‘एक महीनाभन्दा लामो समय रोगसँग लड्दा उनलाई कति पीडा भयो होला भनेर म कल्पना मात्र गर्न सक्छु। तर, एक पहलमानले जसरी उनले साहसका साथ रोगसँग पनि अन्तिम समयसम्म लडे’’, जापान सुमो संघका अध्यक्ष हक्काकुले भने, ‘‘म उनको आत्माले शान्ति पाओस् भनेर कामना गर्दछु।’’

योमिउरी न्यूजका अनुसार जापान सुमो संघका एक हजार सदस्यमा कोरोना भाइरस परीक्षण गरिँदैछ। जापानको खेलकुद क्षेत्रमा यति ठूलो संख्यामा परीक्षण हुन लागेको यो पहिलो हो।

गत महीना जापान सुमो संघले स्टेबलमास्टर र पाँच सुमो खेलाडीमा कोरोना भाइरस परिक्षण पोजिटिभ देखिएको जनाएको थियो।

शोबुशीलाई ४ अप्रिलमा ३८ सेल्सियस ज्वरो आएको थियो। शुरूमा उनले सार्वजनिक स्वास्थ्य अफिसबाट परामर्श लिइरहेका थिए। ज्वरो ठीक नभएपछि उनलाई ८ अप्रिलमा टोकियोस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि पनि उनको ज्वरो स्थिर भएन र खकारमा रगत देखिन थालेको थियो। तथापि उनको परीक्षण नेगेटिभ आएको थियो।

उनको स्वास्थ्य अवस्था निरन्तर कमजोर भएपछि उनलाई अर्को अस्पतालमा सारिएको थियो। १० अप्रिलमा उनको परीक्षण गर्दा पुनः पोजेटिभ आयो। त्यसको नवाैं दिनपछि उनलाई आईसीयूमा राखियो। आज २८ वर्षे उनको अस्पतालमै निधन भयाे।

योमिउरी न्यूजले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै कोरोना भाइरसका कारण ३० वर्षभन्दा कम उमेरमा मृत्यु हुने शोबुशी पहिलो व्यक्ति भएको जनाएको छ। जापानमा कोरोना भाइरसका कारण मृत्यु हुने अधिकांश ५० वर्ष माथिका थिए। शोबुशीले २००७ बाट व्यावसायिक सुमो खेल्न थालेका थिए।

"> काेभिड-१९ बाट जापानी सुमो खेलाडीको मृत्यु: Dekhapadhi
काेभिड-१९ बाट जापानी सुमो खेलाडीको मृत्यु

प्रतिक्रिया दिनुहोस्