भक्तपुर। भक्तपुरका दुईजनामा कोरोना पोजिटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ।
नगरपालिकाको आज आकस्मिकरूपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए।
“दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरू सबै सडक स्थानीयबाहेक नयाँ मान्छेका लागि पूर्णरूपमा बन्द गरिएको छ”, उनले भने, “ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनबाहेक अरूलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरूपमा रोक लगाइएको छ।”
मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै उनले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई कारबाही गर्ने नगरपालिकाले निर्णय गरेको छ।
नगरपालिकाले लकडाउनलाई कडा गर्ने बताउँदै बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औषधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने उनले बताए।
२९ वैशाख सुनसरीबाट आएर मध्यपुरथिमि नगरपालिका शंखधर चोकस्थित साथीको कोठामा बसेकी एक २५ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएपश्चात त्यस क्षेत्रका करीब २० घरलाई प्रहरीले सिल गरेपछि नगरपालिकाले कडा निर्णय लिएको हो।
मासु, भट्टी, चियाखाजा पसल, फुटपाथ पसल पनि बन्द गराइने भएको छ। अत्यावश्यकबाहेक अन्य पसल खोलेमा कारबाही गरिनेछ।
लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन प्रहरीको साथै नगरपालिकाले १२५ जना स्वयंसेवक खटाउने भएको छ। परिचालन हुने स्वयंसेवकलाई प्रशासनको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको पोशाक लगाएर परिचालन गरिने भएको छ।
नगरपालिकाका सबै जनप्रतिनिधिको स्वाब सङ्कलन गरी आफ्नै प्रयोगशालामा परीक्षण गरिएको छ।आज अपराह्न ४ बजे नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्थापना भएको ल्याबमा कोरोनाको परीक्षण गरिएको हो। रिपोर्ट भने आउँन बाँकी छ।
नगरपालिकाले कोरोना परीक्षण गर्न ल्याएको ल्याबलाई सरकारले अझै सञ्चालनमा स्वीकृति नदिँदा अन्य व्यक्तिको स्वाब सङ्कलन एवं परीक्षण गर्न नपाए पनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं स्थानीय सञ्चारकर्मीको भने स्वाब सङ्कलन गरेर परीक्षण गर्ने भएको छ।

ललितपुरको निदान अस्पतालमा कार्यरत नर्सलाई कोरोना संक्रमण भएपछि हिजाेबाटै टेकुस्थित आइसोलेन वार्डमा भर्ना गरिएको छ। थिमि शंखधर चोकमै बस्ने उनकी साथी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत एक नर्सको भने भक्तपुर अस्पतालमा आज स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएर सोही अस्पतालको आइसोलेसनमा राखिएको छ।
भक्तपुरकै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी बलका एक प्रहरीलाई पनि कोरोना संक्रमण भएको पाइएको थियो। उनको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ।
संक्रमित प्रहरीका छोरासहित परिवारलाई पनि परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ। शंखधर चोकको सिल गरिएको वस्तीका बासिन्दाको पनि भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरू गरिएको छ।
त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस पोजिटिभ नदेखिएको केन्द्रले दाबी गरेको छ। रासस
" /> भक्तपुर। भक्तपुरका दुईजनामा कोरोना पोजिटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ।नगरपालिकाको आज आकस्मिकरूपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।

">