काठमाडौं। प्रदेश पाँचका केही जिल्लामा कोरोना भाइरस संक्रमण बढेपछि गुल्मी जिल्ला सिल गरिएको छ।
आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भोलि, १ जेठदेखि ५ जेठ राति १२ बजेसम्म आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३), संक्रामक रोग ऐन, २०२० को दफा २ (२) तथा नेपाल सरकार मन्त्रिपरिषद्को २४ वैशाखको बैठकको निर्णय अनुसार जिल्ला सिल गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताएका छन्।
गुल्मीमा पनि संक्रमण हुन सक्ने अवस्था उच्च रहेकाले एम्बुलेन्स, शव वाहन, मृत्युसंकार, विद्युत्त, सञ्चार, खानेपानी, औषधि र इन्धनको सवारी बाहेक अन्य सबै प्रकारका सवारी साधनको आवागमन पूर्णरूपमा निषेध गर्ने, सर्वसाधरणले बिरामी भएको अवस्था बाहेक अन्य बेला घरबाट बाहिर निस्कन नपाउने निर्णय गरिएको छ।
सहकारी तथा वित्तिय संस्था पूर्ण रूपमा बन्द गर्ने, अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू (इन्धन, दाल, चामल, तेल, नुन, दुधडेरी, तरकारी तथा फलफूल) का पसलमा अनिवार्य रूपमा हात धुनको लागि साबुन पानि र सामाजिक दुरी कायम गर्ने गरी प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो एक बजेसम्म मात्र संचालन गर्न दिने निर्णय पनि भएको छ।
अस्पताल, स्वास्थ्य संस्था, औषधि पसल र पेट्रोल पम्प भने २४ सैं घण्टा संचालन गर्न दिने पनि बैठकले निर्णय गरेको प्रजिअ शर्माले बताएका छन्।
प्रशासनले जारी गरेका शर्तहरू पालना नगर्नेलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
" /> काठमाडौं। प्रदेश पाँचका केही जिल्लामा कोरोना भाइरस संक्रमण बढेपछि गुल्मी जिल्ला सिल गरिएको छ।आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भोलि, १ जेठदेखि ५ जेठ राति १२ बजेसम्म आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।

">