कोभिड-१९ परीक्षणका लागि पर्सामा पत्रकारहरूको स्वाब संकलन
काठमाडौं। पर्सामा पत्रकारहरूको कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

हिजो ३० वैशाखमा दुईजना पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएपछि आज पत्रकारहरूको स्वाब संकलन गरिएको हो।

नारायणी अस्पताल वीरगञ्जमा ११० जना पत्रकारको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको पर्साका पत्रकार जियालाल साहले जानकारी दिए।

“हामीले धेरै अनुराेध गरेपछि मात्रै पत्रकारहरूकाे स्वाब संकलनकाे प्रक्रिया अगाडि बढेकाे हाे”, पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत रहेका उनले भने, “संकलन गरिएकाे स्वाब साँझ नै परीक्षण गरिने भनिए पनि किट आउँदै गरेको जानकारी अस्पतालले गराएकाले सायद भाेलितिर परीक्षण हुन्छ हाेला।”

संक्रमित दुई पत्रकारहरूलाई भने आइसोलेनसमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्