सिन्धुपाल्चोकमा काेभिड-१९ परीक्षण किट अभाव

सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकमा कोभिड-१९ काे परीक्षण किट अभाव भएको छ।

पछिल्लो समय विदेशबाट फर्किएका र संक्रमणको शंका लागेका व्यक्तिमा परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

“शंकास्पद व्यक्ति र क्वारेन्टाइनमा बसेकाको परीक्षण गरिएको हो”, वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले भने, “७०० बढीको परीक्षण गरिसकेका छौं।”

उनले परीक्षण गरिएका सबै नतिजा नेगेटिभ आएको र परीक्षण किट सकिएको जानकारी दिए। थोरै संख्यामा स्थानीय सरकारसँग मौज्दात रहेकाले एक/दुई दिनमात्र पुग्ने उनले जानकारी दिए।

तत्काल आरडीटी परीक्षण किट आवश्यक रहेकाले माग गरिएको समेत उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्