म्याड्रिड। स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन्। अवकाश जीवन बिताउने केअर होममा बस्दै आएका अरू धेरैजना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी हुन्।
अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो। उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केअर होममा बस्दै आएकी थिइन्। उनीमा श्वासप्रश्वासको समस्या देखिएको थियो।
केअर होमकी प्रवक्ताले मारियाकाे अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन्। उनले भनिन्, “मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र नतिजा नेगेटिभ देखिएको थियो।”
तीन सन्तानकी आमा मारियालाई केही साता उनकै कोठामा आइसोलेसनमा राखिएको थियो।
उनको हेरचाहका लागि एकजना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो। क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ। टेलिभिजन फुटेजमा मारियाले आफूलाई केअर होमका कर्मचारीले निकै माया गरेको बताएकी छन्। रासस–एएफपी
" /> म्याड्रिड। स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन्। अवकाश जीवन बिताउने केअर होममा बस्दै आएका अरू धेरैजना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी हुन्।अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो। उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केअर होममा बस्दै आएकी थिइन्। उनीमा श्वासप्रश्वासको समस्या देखिएको थियो।

">