कपिलवस्तुमा थप एकजनामा कोरोना भाइरस संक्रमण

काठमाडौं। कपिलवस्तुमा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा उनमा कोभिड–१९ पुष्टि भएको हो।

संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको तथा उनी स्वास्थ्यकर्मीको सम्पर्कममा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।

योसँगै नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्