नेपालगन्जमा थपिए कोरोना संक्रमित
<p>काठमाडौं । नेपालगञ्‍जका एक ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ ।</p>
<p>यससँगै नेपालमा कोभिड-१९ का बिरामी संख्या दुई सय १८ पुगेको छ । </p>
<p>धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्‍ज-८ का ती पुरुषमा कोभिड-१९ पोजिटिभ पाइएको हो । </p>
<p>स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।</p>
प्रतिक्रिया दिनुहोस्
