बर्दियाकी संक्रमित बालिका बसेको कैलाली क्षेत्रमा १०१ जनाको कोभिड-१९ परीक्षण गरिँदै
कैलाली। कैलालीबाट गएकी बर्दियाकी बालिकामा कोरोनाको संक्रमण पाईएपछि उनी बास बसेको कैलालीको क्षेत्रमा १०१ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।

बर्दियाको राजापुर नगरपालिकामा १२ वर्षीया बालिकामा संक्रमण फेला परेको थियो।

ती बालिकाको सम्पर्कमा रहेका र सम्भावित संक्रमणको जोखिम देखिएका भजनी नगरपालिका-१ भजनी र गोदावरी नगरपालिका-८ मझगाउँका १०१ जनाको कोभिड-१९ परीक्षण गर्न लागिएको हो।

हिजो, २९ वैशाखमा मझगाउँका ९६ र भजनीका ५ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ। त्यस्तै आज गोदावरी नगरपालिका-८ का ३९ जनाको थ्रोट स्वाबको नमूना संकलन गर्ने तयारी भइरहेको छ।

नमूना संकलनसँगै गोदावरी नगरपालिकाका- ८ मझगाउँका २१ घरलाई रेडजोनमा राखेर त्यहाँ आवात-जावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्