ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान सिल

काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकमा रहेको आरोग्य प्रतिष्‍ठानमा आज बिहानदेखि सिल गरेको छ।

भक्तपुरमा हिजो कोरोना संक्रमण पुष्‍टि भएकी २५ वर्षीया युवती उक्त प्रतिष्‍ठानमा कार्यरत नर्स रहेको खुलेपछि प्रशासनले प्रतिष्‍ठान रहेको भवन सिल गरेको हो।

निदान अस्पताल रहेकै भवनमा उक्त प्रतिष्‍ठानसमेत सञ्‍चालनमा छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले त्यहाँ कार्यरत रहेकै कर्मचारीमा संक्रमण पुष्‍टि भएपछि सिल गरिएको जानकारी दिए।

सुनसरी घर भएकी ती युवती २९ वैशाखमा सवारी पास बनाएर काठमाडौं आएकी थिइन्। उनी भक्तपुरको ठिमीमा बस्दै आएको खुलेको छ।

संक्रमित युवतीलाई टेकुस्थित अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

संक्रमित युवतीको कन्ट्याक्ट ट्रेसिङको काम शुरु गरिएको छ। यसअघि हिजो कपिलवस्तुको तौलिहवा जिल्ला अस्पतालकी एक नर्समा पनि कोरोना संक्रमण पुष्‍टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्