पर्सामा हिजै मात्र ५७ जना संक्रमित थपिएका छन्। त्यस्तै हिजो संक्रमित पाइएका काठमाडौंका एक महिलासहित अर्का एक पुरुष गरी दुईजना र भक्तपुरकी एक महिला पनि लकडाउनमै बाहिरबाट आएको देखिएको छ।
नेपालमा फेला परेका अधिकांश संक्रमितहरूमा कोभिड-१९ को शंकास्पद लक्षणसम्म नदेखिनुले जोखिमको स्थिति आंकलन नै गर्न नसकिएको विज्ञहरू बताउँछन्।
अहिलेसम्म संक्रमित भेटिएकामा सबैभन्दा बढी पर्सामा ८२ जना छन्। उदयपुरमा ३०, कपिलवस्तुमा २९, बाँकेमा २४ र रुपन्देहीमा १६ जना संक्रमित फेला परेका छन्। अहिलेसम्म देशका २२ जिल्लाकालाई संक्रमण देखिसकेको छ।
कूल २१७ संक्रमितमा १७४ जना पुरुष र ४३ जना महिला छन्।
संक्रमण फैलिन नदिन ११ चैतदेखि देशैभर लागू लकडाउन ५० दिन बितिसकेको छ।
लकडाउनकै बीच संक्रमितको संख्या दिनहुँ दोब्बरजसो बढ्न थालेपछि यसलाई नियन्त्रणका लागि तीब्र कदम नचाल्ने हो भने जोखिमले भयावह रूप लिने निश्चित छ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो समयमा परीक्षणको दायरा बढाएसँगै थप संक्रमित फेला परेका छन्।
नेपाली सेनाको छाउनीस्थित कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई प्रदेश १, २, गण्डकी र प्रदेश ५ का जोखिम तथा सम्भावित संक्रमणयुक्त जिल्लामा पठाइएको थियो।
२६ वैशाखदेखि परिचालित उक्त विशेष टोली २८ वैशासम्म पीसीआर परीक्षणका लागि थ्रोट स्वाब नमूना संकलन गरी ल्याउने म्याण्डेटका साथ परिचालन गरिएको थियो।

उदयपुर, बारा, पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा सङ्क्रमणको जोखिमलाई मध्यनजर नमूना संकलन गरिएकोमा अहिले संक्रमित पाइएकाहरू त्यहीँमध्येका छन्।
बाहिरबाट आएकाको (विशेष गरी भारत) 'ट्राभल हिस्ट्री' र बिरामीसँग सम्पर्कमा रहेकाको सिमित परीक्षणको क्रममा मात्र अहिले संक्रमित फेला परिरहेका छन्।

पछिल्लो समय संक्रमित देखिएका कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा धेरैजसो भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेकाहरू छन्।

अहिले पनि नेपाल-भारत सीमामा सँयौ नेपाली अलपत्र छन्। धेरैजसो रातिराति लुकेर नेपाल प्रवेश गरिरहेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेय भारतबाट आएका र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूमा अहिले रोगको संक्रमण बढी देखिएको बताउँछन्।
“हामीले भारतीय सीमा क्षेत्र उच्च कडाइ नगरेसम्म समस्या समाधान हुँदैन। जति रोक्न खोजे पनि रोक्न सकिदैन। मुख्य नाकामा उच्च सुरक्षा अपनाए पनि यहाँ आउनसक्ने मानिसहरू त रोकिदैनन्”, उनले भने, “त्यसैले हामीले व्यवस्थित तरिकाले क्वारेन्टाइनमा बसेकालाई तीव्र चेकअप गर्ने, सीमामा आइसकेकालाई कसरी व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर चेकअप गर्ने तर्फ ध्यान दिनुपर्छ। उनीहरू लुकेर आउँदा झन जोखिम बढ्छ।”
जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेय सीमामा सशस्त्र प्रहरीले मात्र गरिरहेको निगरानीले नपुग्ने भन्दै स्थानीयवासीकोसमेत सहभागितामा नेपाल प्रहरी पनि थप्नुपर्ने सुझाउँछन्।
जिल्लागत रूपमा यस्तो छ संक्रमितको विवरण: