भारतको क्वारेन्टाइनमा छाडिएका ३० नेपालीको उद्धार

कैलाली। भारतको टनकपुर क्वारेन्टाइनबाट छाडिएका ३० जना नेपालीलाई उद्धार गरिएको छ।

डडेलधुराको परशुराम नगरपालिकाका २६ र आलिताल गाउँपालिकाका ४ जना गरी ३० जनालाई महेन्द्रनगरबाट उद्धार गरिएको हो।

गएराति परशुराम नगरपालिका पुर्‍याइएका उनीहरूलाई त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको मेयर भीमबहादुर साउदले बताए।

उनका अनुसार २६ जनालाई त्रिवेणी क्वारेनटाइनमै राखिएको र चारजनालाई आलिताल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्‍ने गरी जिम्मा लगाइएको छ।

आज बिहान बाटै उनीहरूको आवश्यक स्वास्थ्य परीक्षण गरी घर पठाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्