यू-१७ महिला विश्वकपको नयाँ मिति तय
<p>काठमाडौं। फिफाले भारतमा हुने फिफा यू-१७ महिला विश्‍वकपको नयाँ मिति तय गरेको छ। फिफाले तय गरेको नयाँ मितिअनुसार २०२१ फेब्रुअरी १७ देखि ७ मार्चसम्म हुनेछ।</p>
<p>यसअघि विश्‍वकप २०२० को २ नोभेम्बरदेखि २१ सम्म भारतका पाँचवटा शहरमा हुने तय थियो। तर कोरोना भाइरस संक्रमणका कारण प्रतियोगिताको छनोट नै पूरा नभएकाले विश्‍वकप अनिश्‍चित भएको थियो। </p>
<p>३० अप्रिलमा फिफा काउन्सिलले सम्भावित मिति सुझाएको थियो। निर्णय भने ११ मेमा भएको थियो। </p>
<p>यस्तै फिफाले यू-२० महिला विश्‍वकप आगामी वर्षको जनवरीमा गर्ने जनाएको छ। कोस्टारिका र पानमामा तय भएको प्रतियोगिता जनवरी २० देखि ६ फेब्रुअरीसम्म हुनेछ। यसअघि सेप्‍टेम्बर र अगस्टमा तय भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
