लकडाउनमा उपत्यका बाहिरबाट आएका थिए भक्तपुर र काठमाडौंका संक्रमित
काठमाडौं। काठमाडौं र भक्तपुरमा संक्रमण देखिएका तीनजना व्यक्तिहरु लकडाउनकै समयमा उपत्यका बाहिरबाट आएको खुलेको छ।
काठमाडौंमा संक्रमित देखिएकी ३३ वर्षीया महिला र भक्तपुरमा संक्रमित देखिएकी २५ वर्षीया महिला दुई दिनअघि मात्रै उपत्यका प्रवेश गरेका हुन्।
“२९ वैशाखमा मोटरसाइकलमा सुनसरीबाट आएको देखिन्छ”, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेयले भनिन्, “हामी उनको 'कन्ट्याक्ट ट्रेसिङ' को काम गरिरहेका छौं।”
उनी भक्तपुरको मध्यपुर ठिमीमा डेरा गरी बस्दै आएकी थिईन्।
अर्का पुरुष भक्तपुरकै दुवाकोटमा डेरा गरेर बस्दै आएका छन्। उनले आफ्नो कुनै 'ट्राभल हिस्ट्री' नरहेको बताएका छन्।
तर, स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी पनि केही दिनअघि मात्रै तराईबाट सवारी पास लिएर उपत्यका प्रवेश गरेका थिए।
सीडीओ पाण्डेयले ती पुरुषमा संक्रमण देखिएको बारे अनुसन्धान भइरहेको देखापढीलाई बताइन्।
उनी महेन्द्रनगरबाट सवारी पास बनाएर काठमाडौं आएको प्रहरीले जनाएको छ। उनी चन्द्रागिरी नगरपालिकामा बस्दै आएकी थिईन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दिएको जानकारी अनुसार काठमाडौंमा संक्रमण पुष्टि भएकी महिलाको 'ट्राभल हिस्ट्री' र 'कन्ट्याक्ट ट्रेसिङ' को काम भइरहेको छ।
तीनैजना संक्रमितलाई गएराति नै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिसकिएको छ।
नेपालमा हिजो, ३० वैशाख एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। अहिलेसम्म नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्