भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरे २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज <p>नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राति राष्&zwj;ट्रका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका छन्।</p> <p>कोभिड-१९ महामारी फैलिन नदिन लागू गरिएको लकडाउनयता उनको यो पाँचौं सम्बोधन हो। त्यसक्रममा लकडाउनलाई निरन्तरता दिने घोषणा पनि गरे।</p> <p>लकडाउनको चौथो शृंखला अलग रंग-रूपको हुने उनले बताए। &ldquo;यो यति ठूलो संकट हो कि ठूलाभन्दा ठूला अर्थव्यवस्था पनि धरमराएका छन्,&rdquo; उनले भने।</p> <p>आफूले घोषणा गरेको आर्थिक प्याकेज भारतको उद्योग क्षेत्रका लागि भएको उनले बताए। &ldquo;यो आर्थिक प्याकेज कुटिर, घरेलु, लघु र मझौला उद्योगका लागि हो, जो करोडौं मानिसको आजीवीकाका साधन हुन्,&rdquo; मोदीले भने, &ldquo;यिनै उद्योग आत्मनिर्भर भारतको संकल्पका प्रमुख आधार पनि हुन्।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्