ठाकुरका अनुसार बालबालिकाको दैनिकी सामान्य रूपमा वितिरहेको छ। बिहान योग गर्छन्। अनि बच्चाहरूको लागि चिनियाँ भाषाको कक्षा हुन्छ। त्यसपछि खाना खाएर अनलाइन कक्षा हुन्छ। ससाना बालबालिकाको लागि चित्रकला, वक्तृत्वकलाको कक्षा हुन्छ।
उनीहरू रमाइलो पनि गर्छन्। बेलुका कहिले कार्टुन, कहिले एक्सन फिल्महरू हेर्छन्।
अहिलेसम्म आश्रममा खाद्यान्नको समस्याहरू आएको छैन। तर, दैनिक रूपमा बच्चाहरूलाई सरसफाइ गर्नुपर्ने भएकाले पानीको खपत बढिरहेको छ। “पानी अलि बढि जान्छ, अरु त समस्या छैन,” सर्विन्द्र भन्छन्।
पोखराको रेन्बो ‘चिल्ड्रेन होम’ मा भने बालबालिका धेरै भएकाले दुई समूहमा बाँडेर छुट्याइएको छ। होमकी सञ्चालक गोमा ढकालका अनुसार साढे दुई वर्षदेखि २० वर्षसम्मका गरी २९ जना बालबालिका उक्त अनाथ आश्रममा छन्।
त्यसमध्ये १७ जनाको समूहलाई उनीहरूले पोखरा बजारभन्दा अलि परको होमस्टेमा राखेका छन् भने अन्यलाई पोखरा बजारमै राखेका छन्।
कोभिड-१९ को महामारी शुरू भएसँगै आश्रमले सावधानी अपनाउन थालेको हो। आश्रममा बाहिरका मानिस आउन रोक लगाइएको गोमाले बताइन्।
“बालबालिकाले बेलाबेलामा कोरोना भाइरसबारे जिज्ञाशा राख्छन्। अस्पतालका नर्सले नै उनीहरूलाई यसबारे जानकारी दिने गरेका छन्”, उनी भन्छिन्।
.jpg)
अहिलेसम्म आश्रममा खाना लगायतको समस्या भएको छैन। तर, लकडाउन अझै एक महीना थपियो भने समस्या हुने उनले बताइन्।
“हाम्रो मुख्य स्रोत भनेको विदेशी हुन्, तर महामारीका कारण सहयोग जुट्न गाह्रो छ, सहयोग आउने स्रोत रोकिएको छ,” उनी भन्छिन्, “लकडाउन अझै लम्बियो भने समस्या सिर्जना हुनसक्छ।”
काठमाडौंको गोकर्णेश्वरमा रहेको सहयोगी समाज नेपालमा ९ देखि १३ वर्ष सम्मका १२ जना बालबालिका छन्।त्यहाँका व्यवस्थापक अरुणा कर्माचार्यका अनुसार विद्यालयले विद्यार्थीहरूको लागि अनलाइन कक्षा सुरु गरेका छन्। त्यसमै हेरेर विद्यार्थीहरू पढ्छन्।
.jpg)
अरु समयमा समयतालिका बनाएर काम गर्ने दिदीहरूलाई सघाउँछन्।आश्रममा कम्पाउन्ड भएकाले विद्यार्थीहरू बाहिर जान नपाओस् भनेर गेटमा ताला लगाएर राख्छन्। बाहिरी मानिसहरूलाई पनि आश्रममा आउन बन्द गरिएको छ।
गैरीघाटमा रहेको प्रनभानन्द आश्रम तथा विद्या मन्दिरमा १५ जना बालबालिका रहेको त्यहाँका राजाराम यादवले बताए।
५ देखि १४ वर्ष उमेरसमुहका बालबालिका भएकाले खेल खेलेर, पढेर नै दैनिकी वितिरहेको छ।अहिलेको समय भनेको विद्यार्थीहरूको लागि नयाँ लुगा, किताब किन्ने समय थियो, तर लकडाउनका कारण त्यो किन्न पाएनन्।तैपनि अध्ययन अध्यापन भने निरन्तर चलिरहेको छ।
उनीहरूले आफुसँग भएको खानेकुरा टोलका मानिसलाई पनि सहयोग गर्ने गरेका छन्।