कोभिड-१९ : रुसमा १० दिनदेखि दैनिक १० हजार बिरामी
मस्को। रुसमा १० दिनदेखि लगातार कोभिड-१९ का दैनिक १० हजारभन्दा बढी बिरामी फेला परिरहेका छन्।

रुसका प्रधानमन्त्री मिखायल मिसुस्टिन नै कोरोना भाइरसको संक्रमणमा परेर उपचाररत छन्।

पछिल्लो २४ घण्टामा रुसभर १० हजार आठ सय ९९ बिरामी थपिएका छन्। बीबीसीका अनुसार यससँगै रुसमा दुई लाख ३२ हजार जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।

युरोपमा बेलायत र स्पेनलाई पछि पछाडि छाड्दै रुस कोरोना भाइरस संक्रमित अत्यधिक भएको मुलुक बनेको छ। हालसम्म रुसमा दुई हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभमा पनि कोरोना भाइरस संक्रमण पाइएको छ।

कोभिड-१९ को महामारी फैलिँदै गर्दा रुसले लकडाउन खुकुलो बनाउँदै लगेको छ। कलकारखाना र निर्माण साइटमा काम शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्