तीन दिनको मौसम पूर्वानुमान : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने
<p>काठमाडौं। स्थानीय वायुको प्रभावको साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव अझै केही दिनको मौसममा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।</p>
<p>महाशाखाका अनुसार आज देशका पूर्वी र पश्‍चिमी भागका केही स्थान र काठमाडौं आसपासमा मेघगर्जन हावाहुरीसहित पानी पर्ने सम्भावना छ।</p>
<p>भोलि र पर्सि दुई दिन पूर्वी र मध्य भागलगायत पश्‍चिमी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।</p>
<p>अहिले काठमाडौं, पश्‍चिम र पूर्वका पहाडी क्षेत्रमा मौसम बदली रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
