यी हुन् काठमाडौं र भक्तपुरमा भेटिएका नयाँ संक्रमित
काठमाडौं। काठमाडाैं र भक्तपुरमा पनि कोरोना भाइरस संक्रमित देखिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अबेर राति विज्ञप्तिमार्फत् दिएको जानकारी अनुसार काठमाडाैंमा एक र भक्तपुरमा दुईजनमा संक्रमण देखिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडाैंमा ३३ वर्षीय महिला र भक्तपुरमा २५ बर्षीय महिला तथा २७ वर्षीय पुरुषमा संक्रमण देखिएको बताएका छन्।

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा.अधिकारीले बताएका छन्।

यसअघि काठमाडाैंमा संक्रमण देखिएका सबै निको भएर घर फर्किसकेका थिए भने भक्तपुरमा संक्रमण देखिएको थिएन।

प्रतिक्रिया दिनुहोस्