काठमाडौं। नेपालमा आज, ३० वैशाखमा एकैदिन ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबेर राति विज्ञप्तिमार्फत् यसको पुष्टि गरेको हो।
मन्त्रालयले थप २६ जनामा संक्रमण भएको पुष्टि गर्दै आजसम्म देशभर २१७ जनामा संक्रमण देखिएको जनाएको छ।
आज बिहान मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा राति १०:१५ बजेसम्मको तथ्यांकअनुसार थप २६ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।
पर्सामा मात्र १८ जना थपिएका छन्। यसअघि आज पर्सामा ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो।
मन्त्रालयका अनुसार पर्सामा ६ महिला र १२ पुरुषमा कोभिड-१९ पुष्टि भएको हो। यसमा २२, २८, २८, ३२, ४५, ६० वर्षका महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षका पुरुष छन्।
यसैगरी, महोत्तरीमा १६ र ३५ बर्षीय पुरुष, धनुषामा २० वर्षीय महिला र ४० बर्षीय पुरुषमा संक्रमण देखिएको छ। सर्लाहीका ४५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।
भक्तपुर र काठमाडौंमा पनि भेटिए नयाँ संक्रमित
मन्त्रालयका अनुसार काठमाडाैं र भक्तपुरमा पनि संक्रमित थपिएका छन्।
काठमाडाैंमा ३३ वर्षीय महिला र भक्तपुरमा २५ बर्षीय महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताएका छन्।
संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा.अधिकारीले बताएका छन्।

" /> काठमाडौं। नेपालमा आज, ३० वैशाखमा एकैदिन ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

">