चितवनकी ६३ वर्षीया महिला पनि काेराेनामुक्त, भाेलि डिस्चार्ज गर्ने तयारी
चितवन। कोरोना संक्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको लगातार दुईपटककाे स्वाब परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।
यससँगै उनी कोरोनामुक्त भएकी छन्। यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छैनन्।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा नेगेटिभ आएको हो।
यसअघिका पाँचपटकको नतिजामा नियमित पोजिटिभ देखिएकाे थियाे। छैटाैं र सातौं नतिजा नेगेटिभ आएसँगै ती महिलालाई भरतपुर अस्पतालले भाेलि, ३१ वैशाखमा डिस्चार्ज गर्दैछ।
आमामा लक्षण देखिएपछि उनी र उनीसँगै आएका दुई छोराको समेत पीसीआर परीक्षण गर्दा ५ वैशाखमा आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनीसँगै पोजिटिभ देखिएका उनका २७ वर्षीय छोरालाई भने अस्पतालले केही समयअघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले लगातार दुईपटकसम्म नेगेटिभ आए पनि घरमा केही दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाइने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्