काठमाडौं। साउदी अरबमा रहेका ६७४ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन्।
साउदीस्थित् नेपाली दूतावासका अनुसार साउदी अरबकाे पूर्वी क्षेत्र (जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ)मा ३३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीह संक्रमित भएका छन्।
साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित नेपालीमध्ये ११ जना महिला रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार संक्रमित भएकामध्ये कैयौँ जना निको भई काममा फर्किसकेका छन्।
अहिलेसम्म साउदी अरबमा एक नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जनाएको छ।
साउदीस्थित् नेपाली दूतावासले पहिलोपटक संक्रमित नेपालीकाे तथ्यांक सार्वजनिक गरेकाे हाे।
" /> काठमाडौं। साउदी अरबमा रहेका ६७४ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन्।साउदीस्थित् नेपाली दूतावासका अनुसार साउदी अरबकाे पूर्वी क्षेत्र (जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ)मा ३३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीह संक्रमित भएका छन्।

">