बर्दियाकी काेराेना संक्रमित बालिकालाई बाँकेकाे काेराेना अस्पताल ल्याइयाे
<p>बाँके। बर्दियाको राजापुर नगरपालिकामा कोरोना संक्रमण देखिएकी एक बालिकालाई आज खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा ल्याइएको छ।</p>
<p>कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। </p>
<p>बालिकाको स्वास्थ्यावस्था सामान्य रहे पनि बर्दियामा कोरोना विशेष अस्पताल नभएकाले खजुरा ल्याइएको उनले बताए।</p>
<p>खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा बाँकेका २४ जनासहित अब २५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
