काठमाडौं। रूपन्देहीका पाँच वटा स्थानीय तहमा प्रशासनले आवातजावतमा रोक लगाउने निर्णय गरेको छ।
सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकामा ५ जेठसम्म आवातजावत निषेध गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समन्वय समितिले निर्णय गरी हुलाकी राजमार्ग (बनगाई चोकदेखि पर्सासम्म)को दक्षिणतर्फ जाने सबै बाटोमा आवतजवातमा रोक लगाइएको रूपन्देही प्रहरी प्रवक्ता, डीएसपी खड्कबहादुर खत्रीले बताए।
भारतसँगको सीमा जोडिएकाले संक्रमणको जोखिम उच्च रहेका ती स्थानीय तहमा आवतजावतमा रोक लगाइएको उनले बताए। सिद्धार्थ राजमार्गको बेलहिया–बुटवल सडकखण्ड बाहेक हुलाकी सडकदेखि दक्षिण आवातजावतमा रोक लगाइएको हो।
सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकामा अहिलेसम्म संक्रमित नदेखिएका भएपनि भारतसँग सीमा जोडिएका कारण यी स्थानीय तहमा पनि रोक लगाइएको हो।
आज रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्वारेन्टाइनमा रहेका ९ जनालाई संक्रमण देखिएको थियो। यस्तै, २९ वैशाखमा लुम्बनी सांस्कृतिक नगरपालिकामा दुई जना र सम्मरीमाई गाउँपालिकामा चार जनामा संक्रमण देखिएको थियो।
" /> काठमाडौं। रूपन्देहीका पाँच वटा स्थानीय तहमा प्रशासनले आवातजावतमा रोक लगाउने निर्णय गरेको छ।सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकामा ५ जेठसम्म आवातजावत निषेध गरिएको हो।

">