ताेकिएभन्दा दोब्बर बढी शुल्क लिएकाे पाइएपछि मनमोहन अस्पताललाई अढाई लाख जरिवाना

काठमाडौं। ताेकिएभन्दा दाेब्बर सेवा शुल्क लिएको पाइएपछि ठमेलस्थित मनमोहन मेमोरियल अस्पताल कारबाहीमा परेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अस्पताललाई आज दुई लाख ५० हजार रूपैयाँ जरिवाना गरेकाे हाे।

अनुगमनको क्रममा सेवा दिएबापत् ९०० रूपैयाँ लिनुपर्ने यूसजी सेवामा एक हजार ७०० रूपैयाँ लिएको पाइएको थियो।

झण्डै दोब्बर बढी शुल्क लिएर उपभोक्ता ठगेको पाइएपछि कारबाही गरिएको ट्वीटरमार्फत् विभागले जानकारी दिएको छ।

अस्पताललाई उपभोक्ता संरक्षण ऐन २०७५को १६ (२) (क) बमाेजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाेले ३८(ङ) काे कसूरमा ३९(१)(ख) बमोजिम जरिवाना गरिएको विभागले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्