संक्रमणको जोखिम बढेसँगै बारामा निषेधाज्ञा

काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि लागू हुने जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

बारा, पर्साको वीरगञ्ज र तराईका अन्य जिल्लाहरुमा संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ।

आज बसेको क्राइसीस म्यानेजमेन्ट सेन्टरको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

पर्सा वीरगञ्जबाट बारा जिल्लामा कार्यालय तथा अन्य प्रयोजनका लागि हुने दैनिक आवात-जावतलाई बाहेक अन्य सवारी साधन पूर्ण रूपमा सञ्चालनमा बन्देज लगाउने निर्णय गरेको छ।

त्यस्तै, जिल्ला तथा ईलाका प्रशासन कार्यालयबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका अन्य हस्तलिखित तथा ईपास भोलlदेखि खारेज गर्ने निर्णय पनि गरेको छ।

उद्योग तथा प्रतिष्ठान, बैंक, कार्यालय, ठूला आयोजनाहरू तथा अन्य संस्था सञ्चालन गर्दा पर्साको वीरगञ्जमा रहने कर्मचारी तथा कामदारलाई काममा नलगाउने, स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड पालना गर्ने, कर्मचारी कामदारलाई आफ्नै होस्टेलमा राखी सञ्चालन गर्ने, उद्योगीहरूले मात्र उद्योग सञ्चालन गर्ने, अन्य अवस्थामा सञ्चालन नगर्ने निर्णय पनि गरेको छ।

अत्यावश्यक काम बाहेक अन्य कोही पनि व्यक्तिहरू घर बाहिर निस्कनमा रोक लगाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्